‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
सारांश
- सम्पत्ति शुद्धीकरणको कसुरमा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई अनुसन्धान गर्न अदालतमा बहस भएको छ।
- पौडेलका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमेश बडालले उनलाई थुना बाहिरै राखी अनुसन्धान गर्न माग गरेका छन्।
- बडालले पौडेल पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेको अवस्थामा एक्कासि किन पक्राउ गरियो भन्दै प्रश्न उठाएका छन्।
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न म्याद थप गर्ने विषयमा अदालतमा बहस भएको छ।
पौडेलको पक्षबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालले उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गरेका छन्।
वरिष्ठ अधिवक्ता बडालले पौडेल भागेर जाने अवस्था नरहेको जिकिर गर्दै तत्काल जरुरी पक्राउ पुर्जी जारी गरेर थुनामा राख्नु उचित नभएको तर्क गरे। बहसका क्रममा बडालले पौडेल पूर्वनिर्धारित दलीय कार्यक्रममा व्यस्त रहिरहेको अवस्थामा एक्कासि किन पक्राउ गरियो भन्दै प्रश्न गरे।
उनले इजलाससमक्ष भने, ‘उहाँ पार्टीको सेड्युलअनुसार कार्यक्रममा रहिरहेको अवस्थामा तत्काल पक्राउ किन गरियो ? उहाँलाई बोलाएको भए आज आफैँ यहाँ उपस्थित हुनुहुन्थ्यो। उहाँलाई थुनामा नराखी बाहिरै राखेर अनुसन्धान होस्।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन मंगलबार अदालतसमक्ष २० दिनको म्याद थप गर्न माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण