गुल्मीमा जिप दुर्घटना : श्रीमती र छोरीलाई घाइते अवस्थामा गाडीमै छाडेर चालक फरार
बिहीबार, १४ कात्तिक २०७६, १० : ३०
बुटवल । बुधबार राति गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना भएको हो । आफ्नै श्रीमती, छोरी र सासु सवार गाडी सडकबाट तल खसेर दुर्घटना भएको अवस्थामा चालक ज्ञानबहादुर विक भने फरार भएका थिए ।
दुर्घटनाग्रस्त सवारी साधन सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्ञानबहादुरकै सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल छन् ।
चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काका अनुसार चालक ज्ञानबहादुरलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण