भाइटीकाको दिन १३ वर्षीया बालिका बलात्कृत, बलात्कार गर्ने युवा समातिए
काठमाडौँ । भाइटीकाको दिन कात्तिक १२ गते धरानमा १३ वर्षीया बालिका ३५ वर्षीय युवकबाट बलात्कृत भइन् । बलात्कार गर्ने युवक गिरेन्द्र राईलाई धरान–१६ बाट प्रहरीले भोलिपल्ट (१३ गते) पक्राउ गर्यो ।
भाइटीकाको दिन बिहान १०ः३० बजेको समयमा एक दलित बालिकालाई धनकुटा छिन्ताङ–४ घर भएका राईले आफू बस्ने कोठामा लगी बलात्कार गरेका हुन् ।
धरान–१६ डेरा गरी बस्दै आएका राईले १३ वर्षीया बालिका आर (परिवर्तित नाम) लाई आफ्नो डेरा कोठामा बोलाई बलात्कार गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
डीएसपी न्यौपानेका अनुसार पीडित बालिकाको आफन्तले प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिसकेका छन् । राईले आफू सुत्ने कोठामा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीलाई बयान दिइसकेका छन् ।
राई र पीडित बालिकाको परिवार एउटै फ्ल्याटमा भाडामा बस्दै आएका थिए । राईको श्रीमती, एक छोरी र एकजना छोरा छन् ।
पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण