प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जानकारी दिन ४ बजे पत्रकार सम्मेलन
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे ग्राण्डी अस्पतालले अहिले केहीबेरमा पत्रकार सम्मेलन जानकारी गराउने भएको छ ।
अस्पताल परिसरमा पुगेका सञ्चारकर्मीहरुलाई अस्पतालले चार बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे जानकारी दिएको अस्पताल परिसरमा रहेका रातोपाटीकर्मी सुवास श्रेष्ठले बताए ।
बुधबार बिहान नियमित स्वास्थ्य परीक्षण गर्न काठमाडौको ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको बुधबारबाटै स्वास्थ्य परीक्षण थालिएको थियो । तर, प्रधानमन्त्रीलाई के भएको हो र कस्तो उपचार भइरहेको छ भन्ने स्पस्ट पारिएको छैन । जसले गर्दा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अन्यौल उत्पन्न भएको छ ।
बुधबार बेलुका अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य रहेको भन्दै आज बिहीबार सम्ममा डिस्चार्ज गर्ने जनाएको थियो ।
प्रधानमन्त्री ओलीको सचिवालयले समेत यसबारे यथार्थ खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण