बाजुरामा एकाबिहानै बस दुर्घटनाः एकको मृत्यु, ३६ घाइते
शनिबार, १६ कात्तिक २०७६, १० : ३३
बाजुरा–कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराको मार्तडी आउँदै गरेको बस डोटीमा दुर्घटना भएको छ ।
डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१ नम्बरकोे बस आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुरा बूढीगङ्गा नगरपालिका–६ बाह्रबिसका ५१ वर्षीय नयाँ सेराला रहेका छन् भने ३६ जना घाइते भएका छन् ।
घाइते सबैको अहिले शैलेश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । आज बिहान ५ बजे दुर्घटना भएको बस सडकबाट करीब ५० मिटर तल खसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण