विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
सारांश
- पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि म्याद थपबारे विशेष अदालतमा बहस सकिएको छ ।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतसमक्ष माग गरेको छ ।
- व्यवसायी दीपक भट्टसँगको शङ्कास्पद कारोबारका कारण पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ ।
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको सम्पत्ति शुद्धीकरणमा अनुसन्धान लागि म्याद थपका विषयमा विशेष अदालतमा बहस सकिएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान विभागको तर्फबाट सरकारी वकील र पौडेलको तर्फबाट कानुन व्यवसायीले मङ्गलबार बहस सकेका छन् । बहस पूरा भएसँगै न्यायाधीशहरू आदेश लेखनका लागि उठेका छन् ।
पौडेललाई विभागले २० दिन थुनामा राखेर अनुसन्धान गर्न मङ्गलवार अदालतसमक्ष माग गरेको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।
पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो । उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सड्क मार्गबाट आज बिहान काठमाडौँ ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण