सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
सारांश
- सुनसरीको बर्जु गाउँपालिकामा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको छ ।
- विराटनगरबाट बर्जु जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
- दुर्घटनामा सई यादवकी पत्नी घाइते भएकी छन् भने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर । सुनसरीमा मङ्गलबार भएको सवारी दुर्घटनाबाट नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) को मृत्यु भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका –६ स्थित हुलाकी राजमार्गको नरह चोकनजिक मंगलबार दिउँसो भएको दुर्घटनामा वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको हो ।
विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका ५० वर्षीय वरिष्ठ सई यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना गरिएको थियो । सुनसरी प्रहरीका प्रमुख एसपी केशवकुमार थेवेका अनुसार उनको उपचारकै क्रममा मृत्यु भएको हो । मृतक यादव जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए ।
दुर्घटनामा यादवकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य छ । हाल उनको विराट नर्सिङ होममै उपचार भइरहेको छ ।
प्रहरीले कार चालक मोरङको कटहरी गाउँपालिका–३ घर भएका ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । डा. चौधरी चिमडी बजारमा एक्स–रे गर्नका लागि जाँदै थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
-
नेपालगन्जमा तीन दिन विद्यालय बन्द
-
शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे
-
एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण