गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
सारांश
- गृहमन्त्री सुधन गुरुङले चितवनको एक होटलमा खाएको अमलेटमा माछाको काँडा भेटिएको छ ।
- माछाको काँडा भेटिएपछि प्रहरीले होटलका दुई कर्मचारीसँग सोधपुछ गरेको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका कारण चितवनमा ठूलो संख्यामा मानिसहरूको उपस्थिति रहेको र मिसावटको आशंकामा अनुगमन भइरहेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका गृहमन्त्री सुधन गुरुङ बसेको होटलको खानामा अखाद्य बस्तु फेला परेको छ ।
विमानस्थल नजिकै लड्स प्लाजामा मन्त्री गुरुङले अमलेट खाने क्रममा माछाको हड्डी भेटिएको थियो । अमलेटमा माछाको काँडा फेला परेपछि प्रहरीले सो होटलका दुई जना कर्मचारीलाई सोधपुछ गरेको छ । सोधपुछ गरेर उनीहरूलाई रिहा गरिएको चितवनका एसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘स्थानीय प्रशासनले अनुगमन गर्दा सामान्य त्रुटि भेटिएको हो, सोधपुछ गरेर होटल कर्मचारीलाई छाडेका छौँ ।’
चितवनको सौराहा र भरतपुर क्षेत्रको होटलमा मङ्गलबार प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमन गरेको एसपी पौडेलले बताए ।
रास्वपाको महाधिवेशनमा ठुलो संख्यामा प्रतिनिधि र अन्य व्यक्तिहरू चितवन आएको हुनाले मिसावट हुनसक्ने आशङ्कामा अनुगमन भइरहेको एसपी पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण