काभ्रेमा टिपर दुर्घटना, चालकको ज्यान गयो
शनिबार, १६ कात्तिक २०७६, १० : ४७
बनेपा–काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नमोबुद्ध नगरपालिकाको भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९४८५ नम्बरको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिÞल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
उनका अनुसार सडकबाट अन्दाजी १०० मिटर तल खस्दा टिपर चालक सिन्धुलीका २४ वर्षीय गणेशबहादुर कार्कीको मृत्यु भएको हो । बालुवा लिएर आएको टिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण