स्पेनी अदालतले गर्यो अनौठो फैसला : 'बेहोस' महिलामाथि बलात्कार हुँदा हिंसा नभएकाले बलात्कार मान्न सकिँदैन
एजेन्सी । स्पेनको एक अदालतले १४ वर्षीया एक युवतीसँग भएको सामूहिक बलात्कारलाई बलात्कार मान्न अस्वीकार गरेको छ ।
अदालतले आरोपीहरुलाई यौन दुर्व्यहारको नरम सजाय दिएको छ । अदालतको फैसलापछि महिला अधिकारकर्मीहरु विरोधमा उत्रिएका छन् ।
अदालतले आफ्नो फैसलामा अपराधलाई बलात्कार नमान्नुको कारणमा भनेको छ ,‘युवती ‘बेहोसी अवस्थामा’ रहेकोले दोषीहरुले उनीसँग बल प्रयोग गर्ने कुरा आएन । यसैले यसलाई बलात्कार मान्न सकिँदैन ।’
स्पेनको कानुन अनुसार पीडितमाथि शारिरीक बल वा धम्की प्रयोग भएर हुने यौन दुर्व्यवहारलाई बलात्कार मानिन्छ ।
घटनामा के भएको थियो ?
यो घटना सन् २०१६ को हो । क्याटेलोनियाको उत्तर–पूर्व क्षेत्रमा रहेको एक शहर मनारेसामा एक मदिरा उत्सव भइरहेको थियो । युवती उक्त कार्यक्रममा सहभागी हुँदा घटना भएको थियो ।
पीडितले अदालतमा दिएको निवेदनमा स्पेनका दुई, क्यूबाका दुई र अर्जेन्टिनाका एक युवकले मिलेर उनीमाथि यौन शोषण गरेका थिए । जब युवतीमाथि यौन शोषण भइरहेको थियो तब युवती अत्यधिक मदिरा सेवनका कारण होसमा थिइनन् ।
पाँच अभियुक्तहरुलाई १० देखि १२ वर्षको जेल सजाय सुनाइएको छ । यदी उनीहरुलाई बलात्कारको लागि दोषी पाइएको भए १५ देखि २० वर्षको जेल सजाय हुने थियो ।
यो मामिलालाई ‘मानरेसा वुल्फ’ प्याक प्रकरण नाम दिइएको थियो । यो नाम बलात्कारमा संलग्नहरुले फेसबुकमा बनाएको ग्रुपको नामबाट रहन गएको हो, जसमा उनीहरुले रक्सी उत्सवको समयमा कुनै अपरिचित युवतीलाई यौन शौषण गर्नेबारेमा कुराकानी गरेको पाइएको थियो ।
सबै अभियुक्तले आरोपलाई अस्वीकार गरेका थिए तर तीमध्ये एकको डीएनए महिलाको अण्डरवेयरमा पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण