बार्सिलोना पराजित हुँदा रियलले फाइदा उठाउन सकेन
एजेन्सी । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सात मिनेटको अन्तरालमा तीन गोल खाएपछि लेभान्तेसँग पराजित भएको छ ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाएपछि ३–१ गोलअन्तरले पराजित भएको हो ।
कप्तान लियोनेल मेस्सीले पाहुना टोलीलाई ३८ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दिलाएका थिए ।
तर, खेलको ६१ औँ मिनेटमा होजे काम्पानाले लेभान्तेका लागि बराबरी गोल फर्काए । दुई मिनेटपछि बोर्या मायोरालले लेभान्तेलाई अग्रता दिलाए भने नेमान्जा राडोजाले लगत्तै अग्रता दोब्बर बनाए ।
मेस्सीले दोस्रो हाफमा गरेको गोल भिडियो एसिस्टेन्ट रेफ्रीले खारेज गरेका थिए ।
११ खेलपछि बार्सिलोनाको २२ अंक रहेको छ र गोल अन्तरको आधारमा रियल म्याड्रिडलाई उछिन्दै शीर्ष स्थानमा कायम छ । जीतपछि लेभान्ते आठौँ स्थानमा उक्लिएको छ ।

शनिबार नै भएको अन्य खेलमा रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिँदा बार्सिलोनालाई उछिन्ने मौका गुमायो ।
पहिलो हाफमा एडिन हजार्डले गरेको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रेीले खारेज गरेका थिए । त्यस्तै, भिनिसियस जुनियर र सर्जियो रामोशको प्रहारलाई रियल बेटिसका गोलकिपरले विफल बनाएका थिए । ११ खेलबाट रियलको २२ अंक रहेको छ ।
उता, अन्य खेलमा भ्यालेन्सियाले एस्पानियोललाई २–१ ले पराजित गर्यो भने । एथ्लेटिको म्याड्रिड र सेभियाले भने १–१ को बराबरीमा चित्त बुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण