जापानीज फाईटरलाई हराउँदै अविरले कोरे अर्को इतिहास
आइतबार, १७ कात्तिक २०७६, २० : ५६
काठमाडौं । नेपालका खेलाडी एवं हिमाली चितुवा नामले परिचित अबिरल घिमिरेले जापानमा अर्को सफलता हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका घिमिरले आइबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् ।
उनले २८ वर्षीय जापानिज खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका हुन् । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई २ मिनेट ३० सेकेण्डमा नै पराजित गरेका थिए ।
अबिरल नेपालमा चर्चित किक बक्सिङ करातेका पूर्व चर्चित खेलाडी देव घिमिरेको पुत्र हुन । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् ।
उनले विभिन्न राष्ट्रका खेलाडीहरू संग १२ वटा भिडन्तमा ११ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण