मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

म्याग्दीमा मिनी माइक्रो बस दुर्घटना हुँदा ४ जनाको  मृत्यु

आइतबार, १७ कात्तिक २०७६, २१ : ००
आइतबार, १७ कात्तिक २०७६

म्याग्दी — म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ सवारी दुर्घटनामा परि ४ जनाको  मृत्यु भएको छ । यस्तै १५ जना घाइते भएका छन् । 

मालिका गाउँपालिका केन्द्र दरबाङबाट यात्रु लिएर गाउतिर गएको  ग १ ज ४४७६ नम्बरको मिनी माइक्रो बस सडकबाट तल खस्दा सवार ४ यात्रुको घटनास्थलमै मृत्यु भएको हो । 

प्रहरीका अनुासर ४ जनाको मृत्यु भएपनि पहिचान भइसकेको छैन । १५ जना घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ पुर्‍याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप