फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड
बाँके – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् ।
मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । सो कार्यक्रममा उनले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने बताए ।
‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरुको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ अध्यक्ष प्रचण्डले हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने बताए ।
उनले नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन पहल र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफ्नो प्रयास हुने आश्वासन दिए । यसअघि नेपालगञ्जमा औद्योगिक क्षेत्रका रुपमा विकास गर्न तथा प्रदर्शनी केन्द्र बनाउन आफैँले छुट्याएको १० विगाहा जमिन खारेज भएको घटनाले आफूलाई आश्चर्यमा पारेका समेत प्रचण्डले बताए । उनले आफू काठमाडौ फर्केलगत्तै यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर निर्णय सच्याउन लगाउने पनि बताए ।
सो अवसरमा नेपाल उद्योग बाणिज्य संघले प्रचण्डसमक्ष नेपालगञ्जको विकासका लागि सात बँुदे मागपत्र बुझाएको छ । मागहरुबारे प्रचण्डले आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने र त्यसपछि ती सवै माग पूरा गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण