प्रध्यानाध्यापक बसभित्र मृत भेटिए
बाजुरा– जिल्लाकोे हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् । बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक आज बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
बिहान ७ बजे बाजुराको बूढीगङ्गा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँच गर्ने क्रममा आफ्नो सिटमै शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
मृतक प्रधानाध्यापक शाही बर्खे बिदाको समयमा धनगढी गएको र केही दिनअघिदेखि विद्यालय खोलेकोले प्रअ शाही विद्यालय फर्केको जनाइएको छ । शाहीको शव अहिले परीक्षणको लागि जिल्ला अस्पताल बाजुरा राखिएको छ । शव भेटिएको बसलाई छोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण