प्रचण्डले भने– भारतले जारी गरेको नक्सा नेपाललाई मान्य छैन
पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको पनि बताएका छन् । पोखरामा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन ।’
‘लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो गलत भएको छ, यसबारे पुनर्विचार गरिनुपर्छ’ भनेको स्मरण गर्दै उनले भने, ‘अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारि सकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’
भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको भन्दै उनले यसबारे सरकार पनि बोलिसकेको बताए । नेपालको भौगोलिक अखण्डताबारे सिङ्गो राष्ट्र एक ठाउँमा उभिने भन्दै उनले भने, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’
सरकारले पनि भारतीय नक्सा स्वीकार्य छैन भनिसकेकाले अब दुई देशबीच संवाद हुने बताए । ‘अब कुरा हुन्छ भनेर सरकारले ग्यारेन्टी गरिसक्यो । यो अगाडि बढ्छ,’ उनले भने । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले उपनिर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी अझ बढी लोकप्रिय भएर अगाडी बढेको छ भन्ने सन्देश दिनुपर्ने बताए ।
कास्की २ बाट पार्टीको उम्मेदवारलाई विजयी बनाई पार्टी एकढिक्का छ भन्ने उदाहरण दिनसके देशभर नयाँ सन्देश जाने समेत उनले दाबी गरे । निर्वाचनको मिसन सुरु भइसकेकाले निर्वाचन सम्पन्न नभएसम्म एकढिक्का भएर रातदिन खट्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण