भारतको एकतर्फी नक्सा मान्य छैन : सरकारका प्रवक्ता
काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले हालै भारतले सार्वजनिक गरेको नक्सा अस्वीकार्य हुने बताएका छन् । विहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यसबारेमा परराष्ट्र मन्त्रालयले पनि जवाफ दिइसकेको बताउँदै भारतले एकतर्फी रुपमा गरेको निर्णय अमान्य हुने बताए ।
उनले दुई देशबीच कतिपय ठाउँमा सीमा विवाद रहेको र टुङ्ग्याउन बाँकी रहेको बताउँदै त्यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले भने, ‘दुई देशबीच रहेको सीमा विवादलाई राजनीतिक रुपमा ऐतिहासिक तथ्य, दशी प्रमाणका आधारमा टुङ्ग्याउनुपर्छ । जुन नक्सा जारी भएको छ त्यसमा हामीले असहमति राखिसकेका छौँ ।’
मन्त्री बास्कोटाले हालै भारतले आफ्नो भूभाग भनेर नक्साभित्र समेटेको क्षेत्रमा यसअघि नेपालले जनगणना समेत गरेको, राजस्व संकलनको काम समेत गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण