भारतको एकतर्फी नक्सा मान्य छैन : सरकारका प्रवक्ता

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले हालै भारतले सार्वजनिक गरेको नक्सा अस्वीकार्य हुने बताएका छन् । विहीबार मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यसबारेमा परराष्ट्र मन्त्रालयले पनि जवाफ दिइसकेको बताउँदै भारतले एकतर्फी रुपमा गरेको निर्णय अमान्य हुने बताए ।
उनले दुई देशबीच कतिपय ठाउँमा सीमा विवाद रहेको र टुङ्ग्याउन बाँकी रहेको बताउँदै त्यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले भने, ‘दुई देशबीच रहेको सीमा विवादलाई राजनीतिक रुपमा ऐतिहासिक तथ्य, दशी प्रमाणका आधारमा टुङ्ग्याउनुपर्छ । जुन नक्सा जारी भएको छ त्यसमा हामीले असहमति राखिसकेका छौँ ।’
मन्त्री बास्कोटाले हालै भारतले आफ्नो भूभाग भनेर नक्साभित्र समेटेको क्षेत्रमा यसअघि नेपालले जनगणना समेत गरेको, राजस्व संकलनको काम समेत गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्याण्डसँगकाे टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा
-
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत
-
प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
-
वैकल्पिक राजनीतिको अर्जुनदृष्टि : राजनीतिक पुनर्संरचना, सुशासन र समृद्धि
-
श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा
-
माधव नेपालकाे सांसद पद निलम्बन भएको पत्र पढेर सुनाइयो