सवारी दुर्घटनामा दुईको मृत्यु
शनिबार, २३ कात्तिक २०७६, १७ : ०२
काठमाडौँ । ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ । मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ । गएराति दुई बजे ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २४ वर्षका सुमनकुमार थारु र १५ वर्षका सञ्जीव धम्लहवाको मृत्यु भएको हो ।
राप्ती सोनारी गाउँपालिका–७, फत्तेपुरस्थित राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नं को ट्र्याक्टर र म २ प ७०३४ नं को मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याउँदै गर्दा दुवै जनाको मृत्यु भएको थियो । ट्र्याक्टरका चालक फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण