बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
सरकार

अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति

बुधबार, ३१ असार २०८३, १३ : ००
बुधबार, ३१ असार २०८३

सारांश

  • सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानका १ हजार ५९४ पदाधिकारीलाई पदमुक्त गरे पनि करिब २० प्रतिशतमा मात्र नयाँ नियुक्ति गर्न सकेको छ ।
  • राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि ११० निकायका नेतृत्वसहित सदस्यहरू एकैपटक पदमुक्त भएका थिए ।
  • नियुक्ति खारेज भएका निकायहरूमा काम नरोक्न सम्बन्धित मन्त्रालयका सहसचिव वा सोही संस्थाका वरिष्ठ कर्मचारीलाई निमित्त वा कामु प्रमुखको जिम्मेवारी दिइएको छ ।

काठमाडौँ । सरकारले विभिन्न बोर्ड, समिति र संस्थानहरू पदाधिकारी (राजनीति नियुक्त) अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानको नेतृत्व तहलाई पदमुक्त गरे पनि करिब २० प्रतिशतमा मात्र नयाँ नियुक्ति गर्न सकेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै ११० निकायको नेतृत्वसहित सदस्यहरू एकैपटक पदमुक्त भएका थिए । यसरी पदमुक्त हुनेमा १ हजार ५९४ जना थिए ।

विभिन्न बोर्ड, समिति र संस्थानहरू नेतृत्वविहीन भएसँगै सरकारले नियुक्ति खारेज भएका निकायहरूमा काम नरोक्न सम्बन्धित मन्त्रालयका सहसचिव वा सोही संस्थाका वरिष्ठ कर्मचारीलाई निमित्त वा कामु प्रमुखको जिम्मेवारी दिएर काम गरिरहेको छ ।

अहिलेसम्म करिब २० प्रतिशत निकायमा नेतृत्व नियुक्त भए पनि अझै ८० प्रतिशत त्यस्ता निकायको पद रिक्त छ । सरकारले अध्यादेशबाट ११० निकायका १ हजार ५९४ जनालाई पदमुक्त गरेको तीन महिना पूरा हुन लागे पनि सबै निकायहरूमा नियुक्ति प्रक्रिया पूरा गर्न भने सकेको छैन ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकमार्फत नेपाल वायु सेवा निगमको अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेसँगै ११ निकायको प्रमुख नियुक्त भइसकेका छन् । ६ स्वास्थ्य प्रतिष्ठानको उपकुलपति र ७ विश्वविद्यालयको उपकुलपति नियुक्त भइसके । कतिपय महत्त्वपूर्ण निकाय अझै निमित्तको भरमा छन् ।

  • कृषि मन्त्रालय अन्तर्गतका निकायमा अझै बढेन नियुक्ति प्रक्रिया

कृषि मन्त्रालय मातहतका ४ पदमा साविकका नियुक्ति खारेज भएको थियो । जसमा राष्ट्रिय बिउबिजन समिति, कृषि अनुसन्धान परिषद्, राष्ट्रिय दुग्ध विकास बोर्ड र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पदाधिकारी पदमुक्त भएका थिए ।

कृषिमन्त्री गीता चौधरीले अहिलेसम्म ती निकायमा पदाधिकारी नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छैन । 

खाली भएर नियुक्त भएका विभिन्न निकायका पदाधिकारी

१.नेपाल वायुसेवा निगम – अध्यक्ष महेश्वर भक्त श्रेष्ठ

२.गोरखापत्र संस्थान– महाप्रबन्धक हिक्मत बहादुर रावल

३.शिक्षक सेवा आयोग– अध्यक्ष किशोर थापा

४.राष्ट्रिय प्रकृति संरक्षण कोष– सदस्यसचिव–डा. चिरिञ्वीप्रसाद पोखरेल

५.पशुपति क्षेत्र विकास कोष– सदस्यसचिव तिर्थ श्रेष्ठ

६.प्रेस काउन्सिल– अध्यक्ष उमेश श्रेष्ठ

७.दूरसञ्चार प्राधिकरण– अध्यक्ष–अर्जुन घिमिरे

८.नेपाल नागरिक उड्डयन प्राधिकरण– महानिर्देशक मुकेश डंगोल

९.धितोपत्र बोर्ड– अध्यक्ष डा. गोपाल भट्ट

१०.रेल्बे बोर्ड– प्रबन्ध निर्देशक परिवेश पराजुली

११.अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति– अध्यक्ष डा. आनन्द सिंह भाट

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान– उपकुलपति डा.स्मृति कार्की
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान– उपकुलपति नवीसमान सिंह प्रधान
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान– उपकुलपति डा. सूर्यमान मेन्याङबा
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान– उपकुलपति डा. नारायणसिंह गुरुङ
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान– उपकुलपति डा.अजयकुमार मिश्र

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

  • त्रिभुवन विश्वविद्यालय– प्रा.डा भोला थापा
  • सुदूरपश्चिम विश्वविद्यालय– किसन दत्त भट्ट
  • मध्यपश्चिम विश्वविद्यालय– राजन सुवाल
  • कृषि तथा वन विज्ञान विश्वविद्यालय– ऋषिराज कट्टेल
  • पूर्वाञ्चल विश्वविद्यालय– सुजनबाबु मरहटुटा
  • पोखरा विश्वविद्यालय– देवेन्द्र अधिकारी
  • राजर्षि जनक विश्वविद्यालय– श्यामनारायण लाभ

नियुक्तिका लागि प्रक्रिया सुरु भएका निकायहरू

  • नेपाल पर्यटन बोर्ड
  • राष्ट्रिय सहकारी नियमन प्राधिकरण
  • लगानी बोर्ड
  • बीमा प्राधिकरण–
  • विद्युत् नियमन आयोग

अन्य नियुक्ति प्रक्रिया अघि नबढेका निकायहरू

  • राष्ट्रिय समाचार समिति
  • कर्मचारी सञ्चय कोष
  • नेपाली भाषा प्रकाशन संस्थान
  • चलचित्र जाँच समिति
  • गुठी संस्था र त्यसका समिति
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
  • नेपाल विद्युत् प्राधिकरण
  • लुम्बिनी विकास कोष
  • नेपाल संस्कृति विश्वविद्यालय
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
  • आयुर्वेद चिकित्सा परिषद्
  • काठमाडौं उपत्यका विकास प्राधिकरण
  • राष्ट्रिय बीउबिजन समिति
  • नेपाल खानेपानी संस्थान
  • नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • नागरिक लगानी कोष
  • नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान
  • कृषि अनुसन्धान परिषद्
  • राष्ट्रिय दुग्ध विकास बोर्ड
  • काठमाडौं विश्वविद्यालय
  • राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
  • स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति
  • स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
  • समाज कल्याण परिषद्
  • विश्वविद्यालय अनुदान आयोग
  • नेपाल स्काउट
  • पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति
  • नेपाल नर्सिङ परिषद्
  • नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्
  • नगर विकास कोषका कार्यकारी निर्देशक
  • औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
  • अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवद्र्धन समिति
  • भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति
  • नेपाल इन्जिनियरिङ्ग परिषद्
  • नेपाल पशु चिकित्सा परिषद्
  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्
  • शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
  • नेपाल फार्मेसी परिषद्
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • सडक बोर्ड
  • प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण बोर्ड
  • सूचना प्रविधि न्यायाधिकरण र त्यसको पुनरावेदन न्यायाधिकरण
  • लुम्बिनी बौद्ध विश्वविद्यालय
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
  • सार्वजनिक खरिद पुनरावलोकन समिति
  • सूचना आयोग
  • वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
  • बिरूवा क्वारेन्टाइन समिति
  • नेपाल ट्रष्टको सञ्चालक समिति
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
  • नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान
  • नेपाल प्रज्ञा प्रतिष्ठान
  • बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
  • सत्य निरूपण तथा मेलमिलाप आयोग
  • राष्ट्रिय युवा परिषद्
  • नेपाल खुला विश्वविद्यालय
  • निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति
  • विशेष आर्थिक क्षेत्र प्राधिकरण
  • केन्द्रीय श्रम सल्लाहकार परिषद
  • सामाजिक सुरक्षा कोष
  • विपद् व्यवस्थापन प्राधिकरण
  • स्वास्थ्य बीमा बोर्ड
  • अपाङ्गता राष्ट्रिय निर्देशन समिति
  • राष्ट्रिय जनस्वास्थ्य समिति
  • नेपाल मेडिकल काउन्सिल
  • राष्ट्रिय चिकित्सा शिक्षा आयोग
  • जीवनाशक विषादी व्यवस्थापन समिति
  • वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्
  • औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड
  • संघीय भू–उपयोग परिषद्
  • विज्ञापन बोर्ड
  • परमाणविक अनुसन्धान केन्द्र
  • राष्ट्रिय खेलकुद परिषद्
  • विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय
  • नेपाल प्रत्यायन केन्द्र
  • पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्
  • मदन भण्डारी विश्वविद्यालय
  • खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप