लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
सारांश
- विभिन्न जिल्लाहरूमा लागूऔषधसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- नवलपरासी पश्चिम, तनहुँ, महोत्तरी, झापा, रोल्पा, मोरङ, बाँके, मुगु, सुनसरी, सिराह, कैलाली र सुर्खेतबाट लागूऔषध बरामद गरिएको छ ।
- प्रहरीले डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, गाँजा, ब्राउनसुगर र चरेसजस्ता लागूऔषध बरामद गरेको छ ।
काठमाडौँ । लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ परेका छन् । नवलपरासी, तनहुँ, महोत्तरी, झापा लगायतका जिल्लामा लागूऔषधसहित २५ जना पक्राउ परेका हुन् । नवलपरासी पश्चिम, सरावल गाउँपालिका–३ कोठिल्लाबाट २ सय एम्पुल डाइजेपाम, २ सय एम्पुल फेनारगन र २ सय एम्पुल बुप्रेनोर्फिनसहित २ जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका– ४ बस्ने २० वर्षीय रमेश हरिजन र सोही गाउँपालिका–५ बडहरा बस्ने १९ वर्षीय रामप्रसाद हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपी ५७ ए एस ३२३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट ६७ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन र ६७ एम्पुल बुप्रेनोर्फिनसहित म्याग्दी बेनी नगरपालिका–४ रत्नेचौर बस्ने २५ वर्षीय सुजन थापालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१५ प ५८००
नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट गाँजाजस्तो देखिने करिब २ किलोग्राम पदार्थसहित गोरखा गण्डकी गाउँपालिका–६ बस्ने ५९ वर्षीय देवबहादुर थापा मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको गण्डकी जिएए ००७१ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
उता, महोत्तरीको मटिहानी नगरपालिका–८ बाट गाँजा जस्तो देखिने करिब ११ किलो ४ सय ९२ ग्राम पदार्थसहित २ जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली प्रान्त अशोक बिहार जयजय कलोनी बजिरपुर पथरबला बाग बस्ने २० वर्षीय अमन महत्तो र २० वर्षीय मो.कैफ रहेका छन् ।
प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यसैगरी महोत्तरीकै बर्दिबास नगरपालिका–१ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका–९ बस्ने २८ वर्षीय सुरज गिरीलाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले इनरुवाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००२ ज ९२२३ नम्बरको ट्याक्सीमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, झापाको बिर्तामोड नगरपालिका–८ देउनियापुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित भद्रपुर नगरपालिका–४ बस्ने २७ वर्षीय मनिश लिम्बुलाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाकै दमक नगरपालिका–१ शिक्षा मार्गबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित माङसेबुङ गाउँपालिका–३ बस्ने २८ वर्षीय अम्बर साम्बालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै, रोल्पाको थवाङ गाउँपालिका–१ बसपार्कबाट लागूऔषध चरेसजस्तो देखिने पदार्थ १ सय ६६ ग्राम ६ सय १० मिलिग्रामसहित सोही गाउँपालिका–२ छेर्लाबाङ बस्ने ३८ वर्षीया निर्दोषी रोकालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको बेलबारी नगरपालिका–४ बुधबारेबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ९ सय २० मिलिग्राम र नगद ७२ हजार रुपैयाँसहित सोही ठाउँ बस्ने ३५ वर्षीय सुनिल राईलाई मङ्गलवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका–५ शान्ति चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सुनवर्षी नगरपालिका–१ बस्ने २५ वर्षीय सुनिल पासवानलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट कुशल बजारबाट खटिएको प्रहरीले प्र १–०२–०४९ प ५८७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
उता, बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१५ बस्ने ५७ वर्षीय तोताराम कहारलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै मुगुको छायाँनाथ रारा नगरपालिका–७ बालैबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ६१ मिलिग्राम सहित ३ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ छत्याल बाडा बस्ने २४ वर्षीय जनक हिताङ, २६ वर्षीय प्रकाश मल्ल र ३३ वर्षीय अंग बहादुर मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले जुम्लाबाट गमगडीतर्फ आउँदै गरेको अन टेस्ट लेखिएको
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उता, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय ७० मिलिग्राम सहित धरान उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय सौगात सुनुवारलाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले को।२८ प २४३२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, सिराहको मिर्चैया नगरपालिका–६ कटारी चोकस्थित बेकरी पसलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम र नगद २२ हजार २ सय ५० रुपैयाँसहित ३ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ जिवा टोल बस्ने ३२ वर्षीय चन्द्र प्रसाद गिरी, ३५ वर्षीय उमेश श्रेष्ठ र सोही नगरपालिका–६ बस्ने २१ वर्षीय देवकुमार पासवान रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उमेशले सञ्चालन गरेको उक्त पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलालीको भजनी नगरपालिका–८ काँडापुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्रामसहित टीकापुर नगरपालिका–१ शक्तिनगर सिबिर बस्ने २७ वर्षीय भिखु चौधरीलाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगपालिका–५ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २९ मिलिग्राम सहित कञ्चनपुर भीमदत्त नगरपालिका–६ बस्ने ३२ वर्षीय प्रकाश आउजी समेत ३ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मिलनचोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दीपक बहादुर शाहीलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण