मंसिरमा बिबाह गर्दै आँचल शर्मा !

काठमाडौं । हरेक वर्ष मंसिर लाग्दै गर्दा अभिनेत्रीका बिबाहको चर्चा चल्ने गरेको छ । यो बर्षपनि यस्तै चर्चा हुन थालेका छन् ।
गत साता पोखरामा ब्याचलर पार्टी दिएकी ऋचा शर्मा अहिले बिबाह तयारीमा जुटेकी छन् । मंसिर अन्तिमसाता उनले बिबाह गर्ने समाचार बाहिर आएको छ ।
ऋचाको बिबाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री आँचल शर्माले पनि घरजम बसाउन लागेको समाचार मिडियामा चाउन थालेका छन् ।
आँचलले डा.उदीप श्रेष्ठसँग घरजम बसाउन लागेको हुन् । एक वर्षदेखि उदीपको प्रेममा रहेकी आँचल अहिले प्रेमका विषयमा समेत खुल्न थालेकी छन् ।
उनले उदीपको तारिफ गरेर नथाकेका भिडियो अन्तवार्ता अहिले युट्युवमा जताततै भेट्न सकिन्छ । उक्त अन्तर्वार्तामा उनले विवाहको बिषयमा पनि बताएकी छन् । एक कुराकानीमा उनले भनेकी छन्,‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’
प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छन् । आँचलको नजिकका साथीका अनसार उनले मंसिरमै बिवाह गर्दैछिन् । तर यस बिषयमा भने आँचलले केही बोलेकी छैनन् ।
हुन त आँचलको नाम यसअघि अभिनेता पल शाहसँग जोडिएर सधै आउने गरेका छन् । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ डेब्यू गरेका दुबैले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा पनिसँगै काम गरेका थिए ।
धेरै म्युजिक भिडियोमा पनि जोडीका रुपमा देखिने आँचल र पलको प्रेमको चर्चा पनि नचलेको होइन, तर दुबैले भने यो बिषय कहिलै स्वीकारेनन् ।
फिल्म अभिनयको अलवा आँचल म्युजिक भिडियोमा समेत ब्यस्त रहदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द