नक्कली भ्याट बिल प्रयोग गरी राजस्व चुहावट गर्ने ५ फर्मविरुद्ध अदालतमा मुद्दा, को-को परे ?
काठमाडौँ । मूल्य अभिवृद्धि करको झूटो बिल प्रयोग गर्ने ५ वटा फर्म र पाँच जना व्यक्ति विरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरुले ९ करोड ३९ लाख ३३ हजार १ सय रुपैयाँ राजस्व छली गरेको भन्दै सोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैदको माग गर्दै जिल्ला अदालत काठमाडौमा यही कात्तिक २७ गते मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
एसपी इन्टरप्राइजेज, वाटरमार्क इन्टरप्राइजेज, न्यू हिमालयन इन्टरप्राइजेज, न्यू युनिभर्सल इन्टरप्राइजेज र आर्जन हार्डवेयर सप्लायर्स प्रालि र सो सँग सम्बन्धित पाँच जना विरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।
एसपी इन्टरप्राइजेज÷हिमाल कन्स्ट्रक्सनका प्रोपाइटर शिव गौतमलाई राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर भएको हो । गौतम काभ्रेपलान्चोक घर भइ हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ मा वस्तै आएका छन् ।
उनीविरुद्ध ३ करोड ८१ लाख २९ हजार ६ सय ५३ रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ । वस्तु तथा सेवा नै खरीद नगरी नक्कली भ्याट बिल खरीद गरी मूल्य अभिबृद्धि कर र आयकर छलेको अनुसनधानबाट पुष्टि भएको छ ।
यता वाटर इन्टरप्राइजेजका शिवराम न्यौपानेलाई १ करोड ५९ लाख ९४ हजार ५ सय १७ रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर भएको छ । उनले पनि नक्कली भ्याटविल प्रयोग गरेर राजस्व चुहावट गरेको देखिएको छ । न्यौपाने पाँचखाल ७का स्थायी बासिन्दा हुन भने हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ मा बसोबास गर्दै आएका छन् ।
यस्तै न्यु हिमाल इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाइलाई पनि झूटो भ्यालबिल बनाएर राजस्व छली गरेको आरोप छ । उनले ६९ लाख ३९ हजार ६ सय ९० रुपैयाँ राजस्व छली गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ । चौलागाई मण्डनदेउपुरा नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनी हाल काठमाडौ महानगरपालिका वडा नं. ११ मा बस्दै आएका छन् ।
यता काभ्रेपलान्चोक घर भएका न्यू युनिभर्सल इन्टरप्राइजेजका प्रोपाइटर सुदर्शन चौलागाईलाई ३० लाख ३२ हजार १ सय २६ रुपैयाँ राजस्व छलि गरेको आरोप छ । उनी हाल भक्तपुरको मध्यपुर ठिमिमा बस्दै आएका छन् ।
आर्जन हार्डवेयर सप्लायर्स प्रालिका सञ्चालक देव बहादुर खत्रीले २ करोड ९८ लाख ३७ हजार १ सय २४ रुपैयाँ राजस्व छली गरेको भन्दै विभागले अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले यिनीहरु सबैलाई बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
-
पूर्वी रुकुमबाहेक रास्वपा लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न
-
छानबिन प्रतिवेदन र सुधनको पुनरागमनले स्थापित गरेका चार गलत नजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण