साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यबाट पछि हटे अर्थमन्त्री, ७.१ प्रतिशत हुने अनुमान
बिहीबार, २८ कात्तिक २०७६, १५ : ३०
काठमाडौँ । चालु आर्थिक वर्षको बजेटले साढे ८ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेपनि बजेट कार्यानवयनका तीन महिनालाई हेरेर अर्थमन्त्रालय सो लक्ष्यबाट पछि हटेको छ । चालु वर्ष ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान मन्त्रालयले सार्वजनिक गरेको छ ।
चालु वर्षमा कृषि क्षेत्रको वृद्धिदर कमजोर हुने अनुमान छ । यसले आर्थिक वृद्धिमा धक्का पुग्ने देखिएपछि अर्थमन्त्रालयले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । अर्थमन्त्रालयले मन्त्रालयसँग सम्बन्धित सार्वजनिक विवरणमा सुचनाको हक ऐन सार्वजनिक गर्दैै यस्तो अनुमान सार्वजनिक गरेको हो ।
अन्तर्राष्ट्रिय निकायहरुले पनि चालु वर्ष साढे ६ प्रतिशतको आर्थिक बृद्धि सार्वजनिक गर्दै आएका थिए । चालु वर्ष वर्ष धान उत्पादनमा कमी आएको तथ्यांक कृषि मन्त्रालयले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण