२५ हजार अमेरिकी डलर सहित भारतीय नागरिक पक्राउ
आइतबार, ०१ मङ्सिर २०७६, १५ : ०१
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन एयरको उडानद्वारा दुबई जान लागेका भारतीय नागरिक सत्य नारायण रामाचार्य पक्राउ परेका छन् ।
आचार्यलाई लुकाइ छिपाइ लैजान लागेको २५ हजार अमेरिकी डलर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तर्फको हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा रामाचार्यलाई ह्याण्ड व्यागभित्र पत्रिकाले बेरी लुकाइ लैजाने लागेको १ सय दरका उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण