जिसस कपिलवस्तुमा काँग्रेसको प्यानल विजय
कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । शुक्रवार भएको निर्वाचनमा संयोजकमा काँग्रेस प्यानलका नारायण खनाल बिजयी भएका हुन् ।
बुद्धभूमि नगरपालिकाका खनालले १२ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत विश्व मंगल आत्रेयले जानकारी दिए । उप—संयोजकमा काँग्रेसकै तारावती चौधरी विजयी भएकी छन् ।
७ सदस्य पनि काँग्रेसकै बिजयी भएका छन् ।
सदस्यहरुमा काँग्रेसबाट प्रमिला मल्ल, कुन्ती पासी, साठीया थारु, काजु ताडीवान, तेज बहादुर रायमाझी, घनश्याम मौर्य र अनुप कुमार पाण्डेय रहेका छन् ।
तौलिहवामा भएको निर्वाचनमा काँग्रेस र एमालेले छुट्टा छुट्टै प्यानलबाट उम्मेदवारी दिएका थिए । कांग्रेस प्यानलमा २ स्वतन्त्र र माओवादी केन्द्र थिए भने एमालेलाई संघीय समाजबादी फोरम नेपालले साथ दिएको थियो ।
१० स्थानीय तह रहेको यस जिल्लामा जिसस चुनावका लागि काँग्रेसको १०, स्वतन्त्र २, एमालेको ५ र संघिय समाजवादी फोरमको १, माओवादीले केन्द्रले १, नयाँ शक्ति १ मत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगीमा राप्रपा सांसद फरार, अदालतद्वारा पक्राउ पुर्जी जारी
-
लगानी सम्मेलनको होटल र इभेन्ट म्यानेजमेन्टको खर्च मात्र ३ करोड ८० लाख
-
भिसा नआएको विषयमा मन्त्री श्रेष्ठले एन्फाबाट लिए जानकारी
-
यस्तो छ ‘पुजार सार्की’को गीत ‘रिमै’
-
जलहरी प्रकरणमा मिलन थापासहित ३ जनालाई सफाइ
-
ब्लड प्रेसर जाँच्ने बसेर कि सुतेर ?