जिसस कपिलवस्तुमा काँग्रेसको प्यानल विजय
कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । शुक्रवार भएको निर्वाचनमा संयोजकमा काँग्रेस प्यानलका नारायण खनाल बिजयी भएका हुन् ।
बुद्धभूमि नगरपालिकाका खनालले १२ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत विश्व मंगल आत्रेयले जानकारी दिए । उप—संयोजकमा काँग्रेसकै तारावती चौधरी विजयी भएकी छन् ।
७ सदस्य पनि काँग्रेसकै बिजयी भएका छन् ।
सदस्यहरुमा काँग्रेसबाट प्रमिला मल्ल, कुन्ती पासी, साठीया थारु, काजु ताडीवान, तेज बहादुर रायमाझी, घनश्याम मौर्य र अनुप कुमार पाण्डेय रहेका छन् ।
तौलिहवामा भएको निर्वाचनमा काँग्रेस र एमालेले छुट्टा छुट्टै प्यानलबाट उम्मेदवारी दिएका थिए । कांग्रेस प्यानलमा २ स्वतन्त्र र माओवादी केन्द्र थिए भने एमालेलाई संघीय समाजबादी फोरम नेपालले साथ दिएको थियो ।
१० स्थानीय तह रहेको यस जिल्लामा जिसस चुनावका लागि काँग्रेसको १०, स्वतन्त्र २, एमालेको ५ र संघिय समाजवादी फोरमको १, माओवादीले केन्द्रले १, नयाँ शक्ति १ मत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण