प्रदेश ५ को मन्त्रिपरिषद बैठक : यस्ता छन् निर्णयहरु
बुटवल । प्रदेश - ५ को मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डनको नियुक्तीदेखि गाउँपालिकाको केन्द्र परिवतर्न गर्न संघीय सरकारलाई सिफारीस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डनमा डा. राजेन्द्र प्रसाद खनाल नियुक्त गरेको छ । डा. खनाल वरिष्ठ रेडियोलोजिष्ट हुन् । यसअघि मेडिकल सुपरिटेण्डन रहेका डा. कृष्ण खनालले अनिवार्य अवकास पाएका थिए ।
यस्तै बैठकले सूचना तथा सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकको पारिश्रमिक सेवा सुविधा मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्षले ५० हजार ६ सय मासिक पारिश्रमिक पाउने गरी मापदण्ड बनाइएको छ ।
यसैगरी प्रदेश लोकसेवा आयोजकका सदस्यको पािरश्रमिक, सेवाको सर्त र ुसुविधा पनि बैठकले स्वीकृत गरेको छ । आयोगका सदस्यहरुले पनि ५० हजार ६ सय पारिश्रमिक पाउनेछन् ।
यता कानुन मस्यौदा तथा सुझाव कार्यदलका विज्ञ खुमाकान्त पौडेलको पनि पारिश्रमिक एवं सुविधा बैठकले स्वीकृत गरेको छ । पौडेलले मासिक ४९ हजार पारिश्रमिक पाउनेछन् । बैठकले विपत्त व्यवस्थापन कार्य सञ्चालन निर्देशिका, कृषि पशुपंक्षी सम्बन्धी अभियानमुखी मिसन कार्यक्रम र स्मार्ट कृषि गाउ कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले वाँकेको जानकी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि संघीय सरकारलाई सिफारिस गरेको छ । बाँकेको जानकी गाउँपालिका वडा – ४ खजुरा बाट वडा नंं ३ मानपुरमा केन्द्र सार्न सिफारिस गरिएको प्रदेश सरकारका पवक्ता बैजनाथ चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण