मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१९
काठमाडौं– मारुती सिमेन्ट एन.एस क्वालिटी अवार्ड २०१९ (NS:49/Marked Ordinary Portland Cement) द्वारा सम्मानित भएको छ ।
यसअघि कम्पनीले क्लिंकर ओ.पी.सी. सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एन.एस/आई.एस.ओ ९००१ः२०१५ (NS/ISO 9001:2015) र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओ.पी.सी. सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एन.एस/आई.एस.ओ १४००१ः२०१५ (NS/ISO 14001:2015) द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको थियो ।
यी सम्मानहरुसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको छ ।सम्मान ग्रहण गरे लगत्तै कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरु भएको बताए ।
साथै, कम्पनीको तर्फबाट आभार व्यक्त गर्दै उनले आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने बताए ।

मारुती सिमेन्ट आज भन्दा एक दशक अगाडि नेपाली सिमेन्ट जगतमा एउटा महानायकको भूमिका निर्वाह गर्दै नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।
पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओ.पी.सी. सिमेन्ट–मारुती सिमेन्टको उत्पादन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण