बाफलबाट लागुऔषधसहित १ जना पक्राउ
काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आज मोरङको शनिश्चरे घर भई काठमाडौँ बस्दै आएका गोकुलबहादुर खड्कालाई पक्राउ गरिएको हो ।
उनको साथबाट डाइजेपाम ७३ एम्पुल, फेनारगन ७४ एम्पुल र नुर्फिन २२ एम्पल र रु १० हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
मृत फेला
काठमाडौँ महानगरपालिका– १६ माछापोखरी नजिक एक होटलका सुरक्षा गार्डको सुतिरहेको अवस्थामा आज मृत्यु भएको छ । स्थानीय लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने गोरखाका ४५ वर्षीय कृष्ण विक सोही गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण