चैत्र तेस्रो साता काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम हुने
काठमाडौं । आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ । ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानवजातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलोपटक आगामी चैत्र २०, २१ र २२ गते सो अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे औपचारिक जानकारी दिँदै विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको स्पष्ट पारे । सो संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारण बनाउन सहयोग पुग्ने पनि सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीको भनाई छ ।
सरकारले सो संवाद कार्यक्रमलाई सम्पन्न गर्न ‘सगरमाथा संवाद सचिवालय’ को पनि बुधबार नै स्थापना गरेको छ । सो संवाद कार्यक्रमलाई सफल बनाउन परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षतामा २० सदस्यीय आयोजक समिति पनि गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले संवाद आयोजनाका लागि सगरमाथा संवाद विशेष कार्य दल पनि गठन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण