सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चैत्र तेस्रो साता काठमाडौंमा ‘सगरमाथा संवाद’ कार्यक्रम हुने

बिहीबार, ०५ मङ्सिर २०७६, १८ : ४५
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं । आगामी चैत्रको तेस्रो साता नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने भएको छ । ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानवजातिको भविष्य’ विषयक शीर्षकमा नेपालमा पहिलोपटक आगामी चैत्र २०, २१ र २२ गते सो अन्तर्राष्ट्रिय स्तरको सगरमाथा संवाद कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे औपचारिक जानकारी दिँदै विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक र विज्ञहरुबीच जलवायु परिवर्तनको संकट समाधानका लागि यो अन्तरगत संवाद कार्यक्रम गर्न लागिएको स्पष्ट पारे । सो संवाद कार्यक्रमले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारण बनाउन सहयोग पुग्ने पनि सरकारले अपेक्षा लिएको मन्त्री ज्ञवालीको भनाई छ ।

सरकारले सो संवाद कार्यक्रमलाई सम्पन्न गर्न ‘सगरमाथा संवाद सचिवालय’ को पनि बुधबार नै स्थापना गरेको छ । सो संवाद कार्यक्रमलाई सफल बनाउन परराष्ट्रमन्त्री ज्ञवालीको अध्यक्षतामा २० सदस्यीय आयोजक समिति पनि गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले संवाद आयोजनाका लागि सगरमाथा संवाद विशेष कार्य दल पनि गठन गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप