सिलाइ कटाइदेखि मोटरसाइकल मर्मतसम्म : २४ किसिमका निःशुल्क तालिमको अवसर (सूचनासहित)
काठमाडौँ । राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निःशुल्क तालिम दिने भएको छ । केन्द्रको चौथो चौमासिक अवधिमा सीप अभिबृद्धि तालिम (एड्भान्स) र सीपमुलक तालिम (बेसिक) दिन लागिएको हो ।
सीप अभिबृद्धि तालिम अन्तर्गत प्याट्रन सिलाइ कटाइ (एडभान्स), फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्स रहेका छन् ।
यस्तै बेसिक सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायतका २० किसिमका तालिम तय गरिएको छ ।
तालिममा छनोट गर्दा मधेसी, अपाङ्ग दलित, जनजाती, सहिद परिवार र पिछडिएका वर्ग एवम् क्षेत्रका व्यक्तिहरु र एड्भान्स तालिमको हकमा बेसिक तालिम प्राप्त गरी आयआर्जनमा संलग्नलाई विशेष प्राथमिकता दिइने केन्द्रले जनाएको छ ।
इच्छुक उम्मेदवारले मंसिर २० भित्र केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन दिनुपर्ने शुक्रबार प्रकाशित भएको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने
-
निजी क्षेत्रको होइन, सरकारको मनोबल उठाउने बेला आएको छ : शेखर गोल्छा
-
सन्दीपको मुद्दामा फैसलाअघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज
-
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु
-
आईसीसी टी–२० वरीयतामा दीपेन्द्रको छलाङ, अस्ट्रेलियाका मार्स र म्याक्सवेल पनि पछाडि
-
प्रचण्ड–ओलीबिच सिंहदरबारमा छलफल