टोट्टनहाममा मोउरिन्होको सुखद् सुरुवात
शनिबार, ०७ मङ्सिर २०७६, २० : ५९
भर्खर इङ्लिस क्लब टोट्टनहाको प्रशिक्षक पद सम्हालेका जोसे मोउरिन्होले प्रिमियर लिगमा सुखद सुरुवात गरेका छन् । प्रिमियर लिग अन्तर्गत मोरिन्होको पहिलो खेलमा शनिबार टोट्टनहामले वेस्ट हाम युनाइटेडलाई उसैको मैदानमा ३–२ गोलले हरायो । टोट्टनहामको जितमा सन ह्युन मिन, लुकास मौरा र ह्यारी केनले गोल गरे ।
घरेलु टोली वेस्ट हामका लागि मिचेल एन्टोनियो र एन्गेलो ओग्बोनाले गोल गरेका थिए । सनले ३६औं मिनेटमा गोल गर्दै टोट्टनहामलाई अग्रता दिलाए ।
लुकासले ४३औं र केनले ४९औं मिनेटमा गोल गरेका थिए ।
टोट्टनहामको तीन गोलपछि लयमा फर्किएको वेस्ट हामका लागि मिचेलले ७३औं र एन्गेलोले खेलको अन्तिममा एक गोल फर्काएका थिए । जितसँगै १३ खेलबाट १७ अंक बनाएको टोट्टनहाम छैटौं स्थानमा छ । १३ अंक बनाएको वेस्ट हाम १६औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण