बानेश्वरमा एकाबिहानै चिकित्सक जोशीलाई ठक्कर दिने गाडी कसरी गायव भयो ?
काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिने गाडीको अझै पहिचान खुल्न सकेको छैन । बिहानैदेखि गाडीको खोजी गरे पनि राति अबेरसम्म यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।
आज बिहान करीब ६ बजेको समयमा पैदलयात्रामा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा प्रभु जोशीको निधन भएको थियो । उनी वसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत रहेका थिए । प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले सडकबाट बाटो काट्न लाग्दा बसले ठक्कर दिएको जानकारी दिए । सिसी टिभीको फुटेजबाट ठूलो बसले ठक्कर दिएको देखिएकाले बसको खोजी गरिरहेको उनले बताए । नम्बरको पहिचान नभए पनि गाडी पत्ता लाग्ने उनको भनाइ छ । जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण