झापाको भृकुटीमा सन्राइज बैंकको ३९ औं शाखा संचालन
झापाको मेचीनगर नगरपालिका–२ भृकुटीमा सन्राइज बैंकको ३९ औं शाखा सञ्चालनमा आएको छ ।
सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको हो ।
ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष, श्री ठाकुर प्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य श्री पुर्ण बहादुर थापाले मंसिर ७, २०७६ मा एक समारोहका बीच मेचीनगरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सो समारोहमा श्री ठाकुर प्रसाद शिवाकोटी र श्री पुर्ण बहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि दिल बहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सन्राइज बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण