शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीसँग एकताको गृहकार्य भैरहेको छ : महतो

सोमबार, ०९ मङ्सिर २०७६, १५ : ३८
सोमबार, ०९ मङ्सिर २०७६

सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न  वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उनले शासक वर्गले मधेशी जनताको अधिकार नदिएका कारण मधेशी जनताको समस्या अझै समाधान हुन नसकेको बताए ।

सरकारले  मधेशी आदिवासी, जनजाति र  पिछडिएका वर्गलाई अधिकार नदिएका कारण विभिन्न समयमा आन्दोलन हुने गरेको बताउँदै मधेशी जनताको अधिकार सुनिश्चित गर्न अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने उनले जोड दिए ।

उनले वैकल्पिक शक्ति निर्माणका लागि सबै पक्षसँग एकता भइरहेको बताउँदै मधेशी जनताको अधिकारका लागि  पहिचानवादी आन्दोलन  गर्ने चेतावनीसमेत दिए  ।  समाजवादी पार्टीसहित  विभिन्न सात पार्टीसँग पार्टी एकताको गृहकार्य भइरहेको  जानकारी  दिँदै राजपा नेपाल तत्काल  सरकारमा सहभागी नहुने स्पष्ट पारे । 

प्रदेश नं २ का प्रदेशसभा सदस्य एवम् राजपा पार्टीका महासचिव मनिस सुमनले मधेश आन्दोलमा शहीद भएकाको सपना पूरा गर्न राजपा नेपाललाई उपनिर्वाचनमा जिताउनुपर्ने बताए । यही मङ्सिर १४ गते सो गाउँपालिका–७ मा अध्यक्ष पदका लागि एक स्थानमा निर्वाचन हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप