बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ

बिहीबार, ०७ साउन २०८३, २० : ३६
बिहीबार, ०७ साउन २०८३

सारांश

  • केन्द्रीय अनुसन्धान ब्यूरोले बीमा सम्बन्धी कसुरमा मृदुला सरियालाई पक्राउ गरेको छ ।
  • झापा घर भएकी ३९ वर्षीया सरियालाई सानो गौचरणबाट पक्राउ गरिएको हो ।
  • ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालिमार्फत बीमा सम्बन्धी कसुर गरेको भेटिएपछि उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न मृदुला सरियालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर घर भएकी ३९ वर्षीया सरियालाई बिहीबार सानो गौचरणबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।

बीमा प्राधिकरणले निरीक्षण गर्दा सरियाले ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालि मार्फत बिमा सम्बन्धी कसुर गरेको भेटिएको थियो । उनीविरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप