सरकार मेडिकल माफियासँग गल्यो: समाजवादी विद्यार्थी युनियन
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले सरकार मेडिकल माफियासँग गलेको निष्कर्ष निकालेको छ । मंसिर १० गते मध्यरातमा शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीचमा भएको सहमतिलगत्तै युनियनका केन्द्रीय अध्यक्ष रुपनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यस्तो निष्कर्ष निकालिएको छ । ‘माफियाहरुसँग सरकार गलेको देख्दा हामी आश्चर्यचकित भएका छौं,’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।
‘समयसीमा नतोकेर अतिरिक्त शुल्क फिर्ता वा समायोजन जे भनेपनि यो सहमति भ्रमको पुलिन्दा मात्रै हो,’ अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो सहमति यसअघि गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजमा भएको तर कार्यान्वयन नभएको देखिरहेकै छौं ।’
समाजवादी विद्यार्थी युनियनले यो सहमति मन्त्रालय नै माफियाको प्रभावमा परेर विद्यार्थी आन्दोलन तुवाउन रचिएको प्रपञ्चको संज्ञा दिएको छ । सहमतिमा कलेजले अध्ययन गराउने नर्सिङ, फार्मेसी, एचए र ल्याब विषयको शुल्कबारे मौन बसिएको समाजवादी विद्यार्थी युनियनले जनाएको छ । ‘सहमतिमा प्रमुख सरोकारवाला आन्दोलनरत विद्यार्थीलाई प्रतिनिधित्व नगराउनु विद्यार्थी आन्दोलनलाई अवमुल्यन गरेको र अस्तित्वलाई खारेज गरेकोप्रति खेद प्रकट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले कलेजलाई शुल्क तिर्न केहि ढिला हुँदा परिक्षाबाट बन्चित गराउने, जरिवाना गराउने तर कलेज सञ्चाकलले अतिरिक्त शुल्क लिएर लुट मच्चाउँदा समेत समयमा फिर्ता गर्नु नपर्ने सहमतिले मन्त्रालय नै माफियाको मतियार बनेको र जो रक्षक हुनुपर्ने उहि भक्षक भएको पुष्टि हुँदैछ ।’
‘आजका दिनसम्म मन्त्रालय र मेडिकल कलेजबीच जे नाटक मञ्चन गरियो यो सबै ‘तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु’ भन्ने स्पष्ट भान भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण