दाङमा बस दुर्घटना : १ जनाको मृत्यु, २० घाइते
दाङ । दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीबाट प्यूठान जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस बंगलाचुली गाउँपालिका वडा नं. ६ बेचेनीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो । दुर्घटनामा चालकसहित २० जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परि प्यूठानको मान्डबी गाउँपालिका वडा नं. १६ निवासी नेहा वलीको मृत्यु भएको हो ।
उनको शवलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।
घाइते हुनेहरुमा प्यूठान मान्डवी १ निवासी चालक ३४ बर्षीय लोकबहादुर बुढा,दाङ घोराही उपमहानगरपालिका वडा नं. १ निवासी ३२ बर्षीय सन्तोष परियार, घोराही १६ निवासी २२ बर्षीया बिमला शर्मा, बंगलाचुली गाउँपालिका वडा नं. ६ निवासी , बंगलाचुली ४ निवासी १८ बर्षीया गिरा केसी, प्यूठान मान्डबी गाउँपालिका ४ निवासी २० बर्षीया समिक्षा शर्मा , मान्डबी २ निवासी २० बर्षीय युवराज परियार, सोही ठाउँका १९ बर्षीय यज्ञ परियार, दाङ घोराही ३ भैसपुर निवासी २२ बर्षीया दीपा केसी, प्युठान मान्डपी गाउँपालिका वडा नं. २ निवासी २४ बर्षीया बिरास परियार, घोराही १७ निवासी ३८ बर्षीय बिरु घिमिरे घाईते भएको प्रहरीले जनाएको छ ।दुर्घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
-
सुनसरीमा सवारी दुर्घटना हुँदा वरिष्ठ सईको मृत्यु
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण