सामाजिक सुरक्षामा योगदान गर्न सक्दिन भन्दै भाग्ने छुट कसैलाई छैन: उपप्रधानमन्त्री पोख्रेल
काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी नहुने रोजगारदाताप्रति कठोर बन्ने संकेत गरेको छ । सामाजिक सुरक्षा दिवस २०७६ का अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले समाजिक सुरक्षामा योगदान गर्न सक्दिन भन्दै कानूनको पालनाबाट भाग्ने छुट रोजगारदातालाई नभएको बताएका छन् ।
उनले सामाजिक सुरक्षा योजना कार्यान्वयनको विकल्प नभएको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनमा सरकार दृढताका साथ अघि बढ्ने समेत बताए । उनले कुनै बाहना नबनाउन उद्योगी व्यवसायीहरुलाई आग्रह समेत गरे ।
उनले सरकार श्रमिकको उत्पादकत्व बढाउन र उद्योग प्रतिष्ठानको समस्या समाधान गर्न तयार रहेको समेत बताए । हरेक व्यक्ति सामाजिक सुरक्षामा आबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै त्यसमा सघाउन उनको आग्रह थियो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सामाजिक सुरक्षा योजनामा औपचारिक र अनौपचारिक क्षेत्रसँगै स्वरोजगारमा संलग्न व्यक्तिलाई पनि समेटनुपर्ने बताए । उनले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा योजना ल्याइएको भन्दै सबै रोजगारदातालाई सहभागी हुन आग्रह गरे ।
नागरिकको मर्यादित जीवन र सुरक्षित भविश्यका लागि पनि योगदानमा आधारीत सामाजिक सुरक्षा योजना महत्वपूर्ण रहेको मन्त्री यादवको भनाई थियो । कोषमा हालसम्म करिब ११ हजार औद्योगी तथा व्यवसायीक प्रतिष्ठानहरु र एक लाख १५ हजार श्रमिक सूचिकृत भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण