साफाद्वारा सिटिजन्स बैंक पुरस्कृत
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडेरेशन अफ एकाउन्टेन्ट (साफा)द्वारा मंसिर १४ गते बंगलादेशको ढाकामा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ ।
बैंकलाई साफा वेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड एण्ड सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजरस २०१८बाट पुरस्कृत गरिएको हो ।
प्राइभेट सेक्टर बैंक विधामा बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ । सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।
साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।
साफाद्वारा बैंक लगातार तिन वर्ष देखि पुरस्कृत हुदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण