नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल, नेता नेपाललाई दिल्ली पठाउने तयारी
सोमबार, १६ मङ्सिर २०७६, ०७ : ०६
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् ।
भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई पुनः समावेश गरेपछि सो भूमि फिर्ता गराउन सरकारमाथि दबाब पर्दै आएको छ ।
प्रधानमन्त्री ओलीले पनि भारतबाट अतिक्रमण भएको नेपाली भूमि कुटनीतिक पहलमार्फत फिर्ता गरिने प्रतिबद्धता जनाउँदै कालापानीबाट भारतीइ सेना हट्नुपर्ने बताउँदै आएका छन् ।
नेकपा स्रोतका अनुसार पार्टी वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालको नेतृत्वमा विशेष दूत नयाँदिल्ली पठाउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण