नेपालको राष्ट्रियता खतरामा छ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन् । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा आज गरिएको समापन कार्यक्रममा उनले भारतले जारी गरेको नयाँ नक्सामा देखाइएका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ताका लागि सरकारले कूटनीतिक पहलको थालनी गर्नुपर्ने बताए ।
उनले राजनीतिक दलहरु राष्ट्रियता बचाउनका लागि एकजुट भएका बेला सरकारले कूटनीतिक पहल चाल्न नसकेकामा चिन्ता व्यक्त गरे । ‘भारतको विरोध गरे के नै पो आपत्ति आइलाग्छ भन्ने सरकारलाई चिन्ता होला’, उनले भने, ‘भूमि फिर्ताका लागि सरकारलाई जनताले दवाव दिनुपर्छ ।’
सत्तामा रहिरहनका लागि नेपालका राजनीतिक दलहरु भारतको इसारामा चल्ने गरेको उनको भनाइ थियो । दक्ष युवाहरु स्वदेशमा रोजगारी नपाउँदा विदेशिनु परेको उल्लेख गर्दै उनले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यको थालनी सरकारले गर्नुपर्ने बताए ।
यही मङ्सिर ११ गते कैलालीको धनगढीबाट शुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, डोटी, दार्चुला हुँदै आज भीमदत्तनगरमा पुगेर समापन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण