पूर्वप्रधानन्यायाधीश कार्कीको उपन्यास ‘कारा’ बजारमा
सोमबार, २३ मङ्सिर २०७६, १५ : ३८
काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको उपन्यास ‘कारा’ बजारमा आएको छ ।
निरकुंश शासन व्यवस्थाविरुद्ध जनआन्दोलन सुरु भएको समयको सेरोफेरोको कथा बोल्ने यो उपन्यास जेलभित्रको बेग्लै निरकुंशताको कथा पनि भएकाे बताइएकाे छ ।
कारा भनेको के हो ? उपन्यासकार कार्कीका शव्दमा, ‘कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरुले भोगेको भौतिक कारागारको मात्र बन्धन होइन, समाजले उनीहरुलाई लगाउने गरेका अनेक बन्धनहरुको कथा यसले बताउँछ ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे–भोगेका महिलाहरुका पिडा पनि उनको उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ ।
उपन्यास किताब पब्लिसनमार्फत बजारमा आएकाे हाे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण