नवलपरासीमा लागु औषधसहित २ जना पक्राउ
मङ्गलबार, २४ मङ्सिर २०७६, १७ : ४४
पोखरा । नवलपरासीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी पूर्व देबवुल नगरपालिका १७ झहरे खोलास्थित पुल मुनि बोरामा लुकाई राखेको अवस्थामा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गैडाकोट नगरपालिका १६ का २६ वर्षीय कृष्ण श्रेष्ठ र १६ वर्षीय निशान परियार रहेको प्रहरीले खुलाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ४७ फेनरागन, ४७ डाइजोपाम, ४७ नुर्फिन गरी जम्माजम्मि १ सय ४१ एम्पुल सहित ४५ सिरिन्ज र ४ थान मोबाइल बरामद गरिएको प्रहरीको भनाई छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण