साग समापन समारोहमा प्रधानमन्त्रीको भिडियो सन्देशः साग सफल र ऐतिहासिक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूद (साग) सफल र ऐतिहासिक भएको बताएका छन् ।
सागको समापन समारोहको अवसरमा मंगलबार एक भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटकको सागमा खेलाडीको सहभागिता र पदकको हिसावले पनि नेपाललाई ऐतिहासिक सफलता मिलेको भन्दै सुखी व्यक्त गरे ।
‘सागमा पदकहरु यसवर्ष देशमै पहिलेभन्दा धेरै राखिएका छन् । समग्रतामा भन्दा साग सफल र ऐतिहासिक रुपमा सम्पन्न भएको छ’, ओलीले भने, ‘सागले दक्षिण एसियाली देश र जनताहरुबीचमा एकता, मित्रता अभिवृद्धि गरेको छ ।’
साग सफलतापूर्वक सम्पन्न भएकोमा संलग्न सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘काठमाडौँ, पोखरा र जनकपुरबाट खेल सञ्चालन गर्नु र समग्र सागको सुखद समापनमा आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्शमा यस सफलताका लागि योगदान दिनुहुने नेपाल लगायत सबै सहभागी देशका सरकार र खेलक्षेत्रका प्रशिक्षक र खेलाडीलाई धन्यवाद भन्न चाहन्छु ।’
प्रधानमन्त्रीले खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
यस्तै सागमा पदक जित्ने सबै नेपाली खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाइ तथा शुभकामना दिएका छन् ।
यसैबीच प्रधानमन्त्रीले बुधबार पदक विजेता खेलाडीलाई बालुवाटारमा बोलाएका छन् । सो अवसरमा सरकारले खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने बताइएको छ । सागमा नेपालले ५१ स्वर्ण पदक जितेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण