कर्णालीमा मानसिक रोगीको सङ्ख्या बढ्दो
सुर्खेत । पछिल्लो समयमा नेपालमा मानसिक रोगीको सङ्ख्या बढ्दो अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक हुने गरेका छन् । कर्णाली प्रदेशमा पनि यो रोगीको सङ्ख्यामा कमी छैन । नागरिकमा मानसिक रोग बढ्दै जाँदा समाज विकासमा त्यसको प्रत्यक्ष असर पर्न थालेको छ । मानसिक रोगको बेलैमा उपचार सेवा प्रवाह नहुँदा यो आत्महत्यामा रुपान्तरण हुने गरेको छ । यद्यपि यो रोग प्रत्यक्ष परोक्षरुपमा मुलुक विकासको बाधक बनिरहेकोप्रति सरोकारवालाको ध्यान गएको पाइदैन ।
मानसिक रोग, यसले पार्ने असर र समाधानका बारेमा तीनै तहका सरकार गम्भीरताका साथ लाग्नुपर्ने मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका कार्यक्रम अधिकृत हिमालले गैरेले बताए । ‘मानसिक रोगकै कारण आत्महत्याका घटना बढिरहेका छन्’, उनले भने, ‘आर्थिक वर्ष २०६१/६२–२०७१/७२ दशकमा २९ हजार ९०५ जनाले आत्महत्या गरेको सार्वजनिक तथ्याङ्कलाई हेर्दा मूल कारण मानसिक रोग देखिन्छ ।’
त्यसपछिका वर्षहरुमा पनि यो सङ्ख्यामा कमी नआएको उनको भनाइ छ । उनका अनुसार मानसिक रोगका कारण हरेक दिन १४–१६ मानिसको मृत्यु आत्महत्याका कारण भइरहेको छ । त्यो अवस्थालाई अध्ययन गर्दा मानसिक रोगका बिरामीहरु तुलनात्मक रुपमा गाउँभन्दा शहरमा बढी भएको पाइएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका मनोरोग विशेषज्ञ डा सुशील समदर्शीले घरेलु तथा लैङ्गिक हिंसा, बालविवाह, वेरोजगारी, वैदेशिक रोजागर, गरीबी, अशिक्षा, जातीय एवं लैङ्गिक विभेद्, सामाजिक सञ्जालको प्रयोगले समेत मानसिक रोगी बढेकोे जानकारी दिए । ‘एक दिनमा १५–२० जना मानसिक रोगी सम्पर्कमा आउँछन्,’ डा.समदर्शीले भने, ‘यसले वर्षमा सात हजारभन्दा बढी मानसिक रोगी सुर्खेतमा मात्र आउने गर्छन् ।’
उनले अगाडि भने, ‘अस्पतालमा प्रतिदिन दुई÷तीन जनाले आत्महत्या प्रयास गरेका घटनाहरु आइरहन्छन् । बचाएर पठाइन्छ तर मानसिक रोगबाट कसरी बच्ने, जीवन र आशाका कुराको परामर्शबारे कुनै कुरा सोचिदैन ।’ त्यस्ता रोगबाट ग्रसित बिरामीको लागि मनोविमर्शकर्ता एवं परामर्शदाता अनिवार्य हुनुपर्ने उनको भनाइ थियो ।
कर्णाली प्रदेशको अवस्थालाई अध्ययन गर्दा मानिसक रोगी बर्सेनी बढिरहेका छन् । मध्य तथा सुदूरपश्चिम नेपालमा विद्यमान कुरीतिहरु जस्तोः छुई प्रथा, बालविवाह, बहुपति प्रथाले पनि मानसिक रोगीको सङ्ख्या बढाएको पाइन्छ । यता बहुसांस्कृतिक मनोसामाजिक संस्थाका परामर्शकर्ता नन्दराज आचार्यले मानसिक रोग आत्महत्याका कारण बन्दै गएको बताए । यसमा पहिलो पक्ष भनेकै परिवार भएकोले सबैको पारिवारिक वातावरण शान्त र सहज हुनुपर्ने औँल्याए ।
परामर्शकता आचार्यले अगाडि भने, ‘समाज सचेत हुन जरुरी छ र सरकारले यस कुरामा गम्भीर चासो लिएर अघि बढ्नुपर्दछ । त्यसका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्रत्येक गाउँपालिकामा मनोपरामर्शकर्ताको व्यवस्था गर्नुको साथै मुलुकको दिगो विकासको लक्ष्य प्राप्तिका लागि नीतिगत तहबाटै यो रोगको समाधान खोजिनुपर्दछ ।’
मानसिक रोगबाट बढिजसो किशोरकिशोरी, महिला र गरीबहरु नै ग्रसित रहेको बताइएको छ । यो रोगको न्यूनीकरणका लागि वडास्तर, विद्यालय क्षेत्र र किशोरकिशोरी माझ जनचेतनामूलक कार्यक्रम गरिनुपर्ने पत्रकार नेत्रबहादुर शाही बताउँछन् । त्यसको साथै सामाजिक सञ्जालको उचित प्रयोग र कानूनी सचेतना जगाउनु अनिवार्य रहेको उनले औँल्याए ।
चालू आव २०७६÷७७ को मङ्सिरसम्म एक हजार ४५३ मानसिक रोगीको उपचार गराइएको प्रदेश अस्पतालको जनाएको छ । ती मानसिक रोगीमध्ये ६० प्रतिशत दिक्दारीपन (डिप्रेसन), १५–२० प्रतिशत चिन्ताजन्य रोग ५–१० प्रतिशत कडा खालका मानसिक रोग र ५–१० प्रतिशत छारेरोग, मादक पदार्थ तथा लागुऔषध दुव्र्यसनीको लतका रोगीहरु रहेको प्रदेश अस्पतालको अभिलेखमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण