यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय
बिहीबार, २६ मङ्सिर २०७६, १६ : ५१
१
काठमाडौँ । मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जसअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाइहरुको चालू आर्थिक वर्ष २०७६–७७ का लागि ८ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।
यसैगरी झूटो विवरण पेश गरेर नागरिकता प्राप्त गर्ने जमालुदिन धुनियाको नागरिकता रद्ध गर्ने, १९ जिल्लाहरुमा प्रशासन सेवा समूहका कर्मचारीलाई सीडीओ तोक्ने, राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ९ गते गर्नेलगायत निर्णय पनि सरकारले गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण