रुकुमपूर्वमा हिमपात, चिसोले जनजीवन प्रभावित
रुकुम । प्रदेश नं ५ अन्र्तगत रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेको छ । हिमपातकै कारण लामो समयसम्म पत्थरमात्र देखिने हिमाल सेतै देखिएका छन् । चिसोका कारण जनजीवन भने प्रभावित बनेको छ । बिहीबार जिल्लाको उच्च हिमाली क्षेत्रमा भएको हिमपात शुक्रबार लेकाली बस्तीसम्म पुगेको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश ठाउँमा हिउँ परेको छ । त्यसैगरी भूमे गाउँपालिकाको हिरछेडा (पातीहाल्ने), रिगल, तिलाचन, नोगोपो, चौरी, राङ्ज्यू, पञ्चासे, काँक्री सिद्धगुफा, बोप्पलेकलगायत आदि क्षेत्रमा हिमपात भएको छ । त्यसैगरी सिस्ने गाउँपालिकाका वडा नं १ ठूलोसिस्ने, वडा नं २ को प्वाङ बस्तीको माथिल्लो क्षेत्र र दादिङको माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।
हिमपात भएसँगै नागरिकलाई दैनिक कामकाज गर्नुका साथै बाहिर निस्कनसमेत समस्या भएको छ । हिमपात र चिसोकै कारण पशुचौपायलाई पनि समस्या भएको छ । उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएपछि पशुचौपायको चरण क्षेत्र अभाव भएको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं १ का सुमन घर्तीले बताए ।
हिमपातसँगै रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल देखिने बित्तिकै फोनले काम गर्न छाड्छ । फोनले काम गर्न छाडेपछि जिल्लामा हिमपात भइरहेको बेलामा कहाँ के भइरहेको छ भन्ने कुराको जानकारी लिन र दिनसमेत समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
-
बाँकेमा धमाधम काम गर्दै भूमि आयोग
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था