मार्क्सवादी युवामञ्च गठन, संयोजकमा पन्त
मार्क्सवादी युवा मञ्च नेपाल गठन भएको छ । गोरखामा सम्पन्न दुईदिने प्रथम भेलाबाट सागर पन्तको संयोजकत्वमा २१ सदस्सीय कार्यसमिति गठन गरिएको छ ।
भेलाले मञ्चको सचिवमा बिकास भट्टराईलाई चयन गरेको छ भने सदस्यहरुमा धिरज उपरकोटी, अर्जुन पन्त, सुमन अधिकारी, अशोक मरहट्टा, अनित पन्त, बसन्त देवकोटलाई चयन गरेको छ ।
त्यस्तै देवराज गुरुङ, नारायण अधिकारी, हरि भट्ट, सुवास ढकाल, रबिन गैरे, अञ्जन कुमार श्रेष्ठ, सुशिल दुवाडी र अभिषेक अर्याललाई पनि सदस्य बनाइएको छ ।
मञ्चले जिल्लाजिल्लामा पुगेर माक्र्सबाद सम्बन्धी छलफल, अन्तरक्रिया तथा बैचारिक स्कुल सञ्चालन गर्ने उद्देश्य लिएको संयोजक पन्तले जानकारी दिए ।
त्यस्तै भेलाले गोरखाको ऐतिहासिक लिगलिगकोटलगायत अन्य क्षेत्रमा पर्यटन प्रर्बद्धनका लागि सक्दो भूमिका खेल्ने निणर्य पनि गरेको संयोजक पन्तले जानकारी दिए ।
भेलामा नेकपा गण्डकी प्रदेशका सदस्य जुद्धबिलास भण्डारी, नेकपा पालुङटार नगर कमिटी अध्यक्ष विवश चिन्तन लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण