धनकुटामा ट्रेलर र टेम्पु जुध्दा दुई जनाको मृत्यु
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।
हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख.६९१२ नम्बरको ट्रेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ वर्षीय दशरथ पाख्रिन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थल मै मृत्यु भएको हो ।
टेम्पुमा सवार छथर जोरपाटी गाउँपालिका–५ का २२ वर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुराँस नगरपालिका–५ का २५ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरी दीपक खड्काले जानकारी दिए ।
डोजर बोक्न प्रयोग गरिने ट्रेलर र ट्रेलरका चालक संखुवासभा मादीमुलखर्क–५ का ३९ वर्षीय ज्ञानबहादुर गुरुङलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण