नेकपा स्थायी कमिटी बैठक : दुई प्रतिवेदनमाथि छलफल जारी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सदस्यहरुले दुईवटा प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले टिप्पणीसहित आफ्नो धारणा राखेका हुन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार सोमबार दुवै प्रतिवेदनमाथि भएको छलफलमा वामदेव गौतम, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नि सापकोटा, गणेश शाहलगायतले टिप्पणी गरेका छन् ।
बैठकमा स्यायी कमिटी सदस्यहरुले बोल्ने क्रम जारी छ ।
बैठक सोमबार नै सकिने बताइए पनि सदस्यहरुले बोल्ने क्रम सकिने सम्भावना न्यून रहेको स्रोत बताउँछ । ‘सदस्यहरुले बोल्ने क्रम नसकिएको खण्डमा बैठक मंगलबारसम्मका लागि लम्बिन सक्छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार छलफलमा भाग लिएका अधिकांश सदस्यले दुवै प्रतिवेदनमाथि आलोचनात्मक समर्थन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण